१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियाे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५२:oo

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ ९–८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत विमानचालक (पाइलट)ले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो। जहाजमा ७२ जना यात्रु सवार थिए।

प्रवक्ता सिटौलाले भने, ‘बिहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली)मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौं फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ।’

काठमाडौं विमानस्थलबाट बिहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बीचबाटोबाटै फर्काइएको विमानस्थलले जनाएको छ। उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्यमा पुर्‍याइएको पनि थियो।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाज केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए। रासस