१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्लास्टिकजन्य प्रदूषणको न्यूनीकरण आवश्यक छ : वनमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४१:oo

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि उत्तम विकल्पको छनोट गर्न आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवस मनाउने प्रचलन सुरु भएको ५०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाले आयोजना गरेको कार्यक्रममा उनले प्लास्टिकको समग्र उत्पादन र उपभोग घटाउने सिद्धान्तलाई जोड दिएर चक्रीय अर्थ–व्यवस्थालाई प्लास्टिकजन्य प्रदूषणको न्यूनीकरणका लागि नेपालले समेत अवलम्बन गर्ने बताए ।

‘रिसाइक्लिङ विधिबाट प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने अर्काे विकल्पका रूपमा अवलम्बन गर्दै ल्यान्डफिल पुग्ने प्लास्टिकजन्य फोहोरको मात्रा घटाइएको सुनिश्चित गर्न गैरसरकारी तथा निजी क्षेत्रलाई समेत यस्ता पूर्वाधारमा लगानी गर्न प्रोत्साहित गरिनेछ,’ उनले भने । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

वनसचिव डा. रेवतीरमण पौडेलले प्लास्टिकजन्य प्रदूषण निर्मूल पार्न वातावरणमैत्री विकल्पको उपयोग गर्न जरुरी रहेको बताए । वातावरण संरक्षणबारे स्कुलदेखि नै बालबालिकालाई सिकाउनुपर्ने उल्लेख गर्दै उनले यी विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले कोष ४० वर्षदेखि वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील रहेको र दायरा फराकिलो बनाउँदै लगिने बताए । सकेसम्म प्लास्टिक र प्लास्टिकजन्य वस्तुको सामग्रीको प्रयोग गर्न नहुने उनको भनाइ छ ।