१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् अवरोध हुनु संसदीय अभ्यासकै पाटो हो  ः कांग्रेस प्रमुख सचेतक लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन्। सोमबार संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

संसद् राजनीतिक थलो भएको र यहाँ विभिन्न विचारधाराका पार्टी र नेताहरू एक ठाउँमा छलफल गर्ने भएकाले संसद् अवरुद्ध हुने विषय अनौठो नभएको उनको तर्क छ।

‘संसद् भनेको राजनीतिक थलो हो, फरक-फरक राजनीतिक विचार भएका राजनीतिक दलहरू र मानिसहरूको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक-फरक धारणा हुन्छन्। फरक-फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ। संसद् अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लैजानुपर्छ। संसद् अवरुद्ध हुने कुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो,’ लेखकले भने।