१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाल्पा जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४३:oo

आइतबार जिल्लाको रैनादेवी छहरा– ८, सत्यवतीस्थित केवरेडाँडामा बाेलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीनजनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी– १ की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी– २ पोखराथोककी २५ वर्षीया सीता गौतम रहेका छन् ।  यस्तै, अर्घाखाँची पाणिनी गाउँपालिका– २ का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ धरमपानी बस्ने सात वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका– ३ दोभान बस्ने पाँच वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल छन्। गम्भीर घाइते चारजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै, अर्घाखाँची जिल्ला पाणिनी– १ का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी पाँच वर्षकी प्रविष्टि  पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार, गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका नौ वर्षका सार्थक ज्ञवाली पनि घाइते छ्न्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यस्तै, अन्य घाइतेहरूमा पाणिनी– १ अर्घाखाँचीका ४४ वर्षका विजय पोखरेल, सोही स्थानका ४० वर्षका हरि गौतम रहेका छन् ।  दुईजनाको उपचार बुटवल चौराहा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।आइतबार बेलुकी रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु.१च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। अत्यधिक लोडका कारण जिप दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ । जिपमा खाद्यान्न सामग्रीसमेत थियो । जिप माथिल्लो सडकदेखि ८० मिटर तल सडकमा खसेको थियो ।