मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २० शनिबार ०६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री मध्यप्रदेशमा, आज स्वदेश फर्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २० शनिबार ०६:२९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता सकेर शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेका छन् । दिल्लीबाट विशेष विमानमा इन्दोर पुगेका उनलाई उज्जैनमा मुख्यमन्त्री शिवराजसिंह चौहान, मध्यप्रदेशका गभर्नर मंघुभाइ पटेल, प्रदेश सरकारका मन्त्री मोहन यादवलगायतले स्वागत गरे । 

प्रधानमन्त्री प्रचण्ड तथा साथमा गएका मन्त्री एवं सरकारी अधिकारीले उज्जैनस्थित महाकाल मन्दिरको दर्शन एवं पूजाआजा गरे । महाकाल करिडोरको अवलोकनपछि मन्दिर परिसरबाट गभर्नर पटेलले प्रधानमन्त्री प्रचण्डलाई पुष्पगुच्छा र उपहार दिएर बिदाइ गरे । प्रधानमन्त्री प्रचण्डलाई उज्जैन सहरका प्रथम नागरिक महापौर मुकेश टटवाल तथा उज्जैन विकास प्राधिकरणका अध्यक्ष श्याम वंशलले स्मृति चिह्न दिएका थिए । मुख्यमन्त्री चौहानले नेपाली टोपी लगाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड इन्दोर पुगेर फोहोर व्यवस्थापनबारे प्रस्तुतीकरण हेरेका थिए । उनले इन्दोरको देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एसियाको सबैभन्दा ठूलो एनइपिआरए तथा सिएनजी प्लान्टको अवलोकन गरेका थिए । प्लान्टको कार्यप्रणालीबारे पनि प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार मध्यप्रदेशबाट दिल्ली हुँदै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।