१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Friday, 09 May, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १८ बिहीबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ संसद् भवनको काम निर्धारित समयमै सम्पन्न गर्न सभामुखको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १७:o२:oo

सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको उनको भनाइ छ। अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्दै उनले विगतका प्रतिकूलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।

‘समयको हिसाबले काम कम छ। तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै। यो राष्ट्रको आवश्यकता हो। हिजोका प्रतिकूलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ। अब अनुकूलता सबै ठाउँमा छ। यसैले अब समयमा नै काम सकिन्छ,’ सभामुख घिमिरेले भने।

वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको उनले प्रस्ट पारे। मन्त्रालय र ठेकेदार कम्पनीले एकअर्कालाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्ने कुरामा बढी ध्यान दिनुपर्ने सभामुखको भनाइ छ।