१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस बेइजिङ
Invalid date format १६:२१:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

Read Time : > 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
Invalid date format १६:२१:oo

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ।

न्युयोर्क टाइम्सका अनुसार उनीहरू पेसागत र भावनात्मक रूपमा संघर्ष गरिरहेका छन्। यद्यपि, देशका शीर्ष नेता सी जिनपिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदै छु भन्ने सोच्न छोड्न आग्रह गरेका छन्।

‘युवाहरूले कठिन समयसँग जुध्न सिक्नुपर्छ,’ सीले भने। द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ। गत वर्षको जुनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौँतारिरहेकी थिइन्। उनले भनिन्, ‘हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो। हामी बिनासर्त आफूलाई समर्पित गर्नेछौँ र उनीहरू आफैँले गर्न नचाहेको काम गर्नेछौँ। तर, रोजगारीको सहज सुनिश्चितता हुनुपर्छ।’

समाचारअनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, ‘जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता व्यहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो।’ उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो।

सांस्कृतिक क्रान्तिको दौरान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैँले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गरेका छन्।

एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई सेन्कुनले एक ट्विटर पोस्टमा लेखेका छन्, ‘युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्ने उहाँ किन चाहनुहुन्छ ?’ यस वर्ष उच्च एक करोड १६ लाख स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन्। तर, पाँचमध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।

न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्विकार्न तयार गराउने अपेक्षा गरेको छ। युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्यांक हो। किनभने, निष्क्रिय युवाहरूले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्ने उसले विश्वास गर्दछ।

चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी सहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए। सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू सहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार वा राज्य–योजनाबद्ध अर्थव्यवस्थाभन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो।