१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोटोपन नियन्त्रणमा बाधा पुर्‍याउने चार सामान्य गल्ती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३१:oo

मानिसले मोटोपन नियन्त्रणका लागि धेरै तरिका अपनाउँछन्, तर यसका बाबजुद केही सामान्य गल्तीले ती प्रयासमा बाधा सिर्जना गरिरहेको हुन्छ ।

अति महत्वाकांक्षा : अति महत्वाकांक्षी लक्ष्य बनाउनु अर्थात् छोटो समयमै अत्यधिक तौल नियन्त्रण गर्छु भनेर सोच्नु घातक हुन सक्छ । यसरी सोच्ने मानिस भनेजस्तो नभएपछि स्तब्ध वा फ्रस्टेड हुन्छन् । त्यसैले तपाईंले आफ्नो शरीर, जीवनशैली र स्वास्थ्य हेरेर कतिसम्म घट्न सकिन्छ भन्ने योजना बनाउनुपर्छ ।

राम्रोसँग तौल नियन्त्रण गर्नका लागि दीर्घकालीन रूपमा जीवनशैली परिवर्तन गर्नुपर्छ । आफ्नो स्वास्थ्यमा असर नगर्ने गरी तौल बिस्तारै घटाउँदै लग्नुपर्छ । चिकित्सक वा डाइटिसियनसँग परामर्श गर्दा तपाईंको तौल नियन्त्रण यात्रा सहज बन्नेछ । 

क्यालोरीमा अस्वाभाविक कटौतीले पनि असर : कतिपय मानिस छाक छाड्छन् वा क्यालोरीको मात्रा अत्यधिक कम गरिदिन्छन् । यसो गर्दा सहजै तौल नियन्त्रण हुन्छ भन्ने उनीहरूलाई लाग्न सक्छ । तर, यसले खासमा तपाईंको मेटाबोलिजमलाई कम गर्न सक्छ र मांसपेशी घट्न सक्छ ।

फलस्वरूप शरीरमा थकान र कमजोरी देखिन्छ । त्यसैले तपाईंले भोजनमा कटौती होइन, आफ्नो शरीरको आवश्यकता हेरेर सन्तुलित भोजन गर्न आवश्यक छ । कतिपय मानिस चाँडै तौल घटाउने बहानामा फ्याड डाइटमा निर्भर हुन्छन् ।

तर, दीर्घकालका लागि यो फाइदाजनक होइन । तपाईंले पोषक तत्व प्रचुर भएका खानेकुरा खानुपर्छ । खानामा फलफूल, तरकारी, प्रोटिनयुक्त आहार, अन्न र स्वस्थ फ्याटहरू समावेश हुनुपर्छ । 

शारीरिक गतिविधिको कमी : तौल नियन्त्रण डाइटले मात्रै हुँदैन । समग्र स्वास्थ्य र मोटोपन नियन्त्रणका लागि नियमित अभ्यास आवश्यक पर्छ । कार्डियो, स्ट्रेन्थ ट्रेनिङ र शरीरलाई लचक बनाउने गतिविधिले मोटोपन नियन्त्रणमा सहयोग गर्छ । यसका लागि फिटनेस प्रशिक्षकसँग सल्लाह गर्नु राम्रो हुन्छ । 

धैर्यको कमी : तौल नियन्त्रणका लागि निरन्तरता र धैर्य चाहिन्छ । तत्कालै तौल घटेन भनेर नआत्तिनुस् । आफ्नो स्वस्थ दैनिकी र बानीलाई निरन्तरता दिनुस् । छिटो होइन, लामो समयसम्मका लागि तौल घटाउने तयारी गर्नुस् । 

ad
ad