१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
बाँके खजुराका किसान लालबहादुर खत्रीले केजीको पाँच रुपैयाँ पनि नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याए
Invalid date format o७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली गोलभेँडा मलखादमा, बजार भारतीय उत्पादनको कब्जामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले मलखादमा हालेका हुन् । 

सरकारी अनुदानलगायत विभिन्न सहुलियतका कारण कम लागतमा उत्पादन हुने भारतीय गोलभेडा बजरामा सस्तोमा आउँदा नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपाली किसानलाई बिउ, मललगायतमा राज्यले सहुलियत नदिएका कारण उत्पादन लागत महँगो पर्न जान्छ । ‘बारीमा करिब सय क्विन्टल गोलभेडा टिप्न बाँकी छ । गोदाम पनि टमाटरले भरिएको छ । लागतसमेत उठ्ने मूल्य नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा फाल्न बाध्य भएँ,’ उनले भने, ‘प्रतिकेजी ५–६ रुपैयाँमा पनि बिक्री नभएपछि लागत खर्च पनि नउठ्नुभन्दा बरु मल बनाएर प्रयोग गर्न सकिन्छ भनेर मलखादमा खन्याएको हो ।’ 

टिपेको गोलभेडा कुहिएर गनाउन थालेपछि बाध्य भएर मलखादमा फालेको उनले सुनाए । अभैm हजार क्यारेटभन्दा बढी बारीमै कुहिएको गुनासो गरे । ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउने योजना हरेक सरकारको नीति तथा कार्यक्रममा पर्छ, तर नेपाली कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर बारीमै कुहिन्छ,’ उनले भने, ‘देशलाई सघाउने कृषक ऋणमा डुब्दासमेत राज्य रमिता हेरेर बस्छ । न त सहुलियत दिन्छ, न बिक्री गर्ने वातावरण नै बनाइदिन्छ ।’

खत्रीले करिब तीन बिघामा तरकारी खेती गरेका छन् । अघिल्ला वर्षमा पनि नेपाली उत्पादनले उचित मूल्य नपाएको उनको गुनासो छ । ‘भारतबाट आयात भएका तरकारीका कारण स्थानीय किसानले गरेका उत्पादनले बजार पाउँदैनन् । मजस्तै मारमा धेरै किसान परेका छन्,’ खत्रीले भने ।