१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दोस्रो टी–२० मा नेपालको जित

मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाली महिला टोली सात विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४१:oo

नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटको जित निकालेको छ । पहिलो खेलमा नेपाल मलेसियासँग इतिहासमै पहिलोपटक पराजित भएको थियो । नेपाली टोली मलेसियाको भ्रमणमा छ । यसैक्रममा मंगलबार दुई राष्ट्रबीच दोस्रो टी–२० खेल भएको हो । वान्गी मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा पाँच विकेट गुमाउँदै ९७ रन जोडेको थियो । प्रत्युत्तरमा नेपालले १७.३ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ३ रन जोड्यो । 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले छक्का प्रहार गर्दै विजयी रन बटुलेकी थिइन् । सहज लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कविता कुँवर र सीता रानामगरले पहिलो विकेटका लागि ६.६ ओभरमा ३३ रनको साझेदारी गरेका थिए । निक नुरुको ओभरमा आउट हुनुअघि सीताले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी २३ रनको योगदान दिइन् । त्यसपछि इन्दु बर्मा र कविताबीच दोस्रो विकेटका लागि ३० रनको साझेदारी भयो ।

 बलियो पहिलो विकेट
इन्दु र कविताले नेपाललाई ११.५ ओभरमा ६३–२ को स्थितिमा राखे । इन्दुले १८ बलमा दुई चौकाको सहयोगमा १७ रन बनाइन् । ओपनर रुविना र कविताबीच तेस्रो विकेटका लागि २५ रनको साझेदारी भएको थियो । कविताले ४३ बल सामना गरी दुई चौकाको मद्दतमा २६ रन बनाइन् । रुविनाले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बटुलिन् । यसअघिको नेपालको बलिङमा रुविनाले १६ रन खर्चेर दुई विकेट हात पारेकी थिइन् । कविता र इन्दुले समान एक विकेट लिए । मलेसियाको ब्याटिङ इनिङ्समा शीर्ष चार खेलाडीले उत्कृष्ट ब्याटिङ गरेका थिए । 

विनिफ्रेड र वान जुलियाले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रन बनाए । विनिफ्रेडले २६ बलमा तीन चौका प्रहार गरी २० रन जोडिन् । वान जुलियाले कप्तान मास इयाससँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्न सफल भइन् । जुलियाले ३५ बलमा बाउन्ड्रीरहित इनिङ्स खेली २० रन बनाइन् । कप्तान मासले ३४ बलमा दुई चौका प्रहार गरी २८ रन बनाइन् । 

ad
ad