१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १६ मंगलबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेतृ एवं पूर्वराज्यमन्त्री मीना पाण्डेको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १६ मंगलबार १८:१४:oo

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गौशालास्थित निजीनिवासमा उनको निधन भएको हो। पाण्डेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

तीनपटकसम्म कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रहेकी स्वर्गीय पाण्डे वि.सं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन्। उनी विसं २०६४ मा संविधानसभा सदस्यसमेत भएकी थिइन्।

स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै नेपाली कांग्रेसले जेठ १६, १७ र १८ गते तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

१७ गते केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।