१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन अर्याल काठमाडौं
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइने

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

सरकारले बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनालाई प्राथमिकतामा राखेको ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य पूर्वतयारीका कामका लागि बजेट विनियोजन गरेका हुन्। 

लगानीको मोडालिटी तय गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चाँडै निर्माण अगाडि बढाइने अर्थमन्त्री महतले घोषणा गरे।

निजगढमा ठूला कार्गो जहाजहरू ल्यान्ड गर्न सक्ने ४५ सय मिटर लामो र ६० मिटर चौडा धावनमार्ग बनाउने योजना छ। 

काठमाडौंको त्रिभुवन र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग रहेको छ। यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ।

बजेटमा प्राथमिकता, कार्यान्वयनमा शून्यता 
यसअघि चालू आर्थिक वर्षको बजेटमा पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने घोषणा गरेका थिए। 

‘निजगढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना निर्माण अगाडि बढाइनेछ,’ बजेटमा उल्लेख थियो । तर, यस अवधिमा कुनै काम अगाडि बढ्न भने सकिएको छैन।    

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन भन्दै सबै निर्णय र कामहरू खारेज गरेको थियो। 

र, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएमा विभिन्न क्षेत्रका विज्ञसम्मिलित कमिटी गठन गरेर विस्तृत अध्ययन गरी वातावरणमा कमभन्दा कम असर पर्ने गरी विमानस्थल निर्माण अगाडि बढाउन निर्देशन दिएको छ।

सोही आदेशबमोजिम सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सुझावसहितको प्रतिवेदन बुझाए पनि त्यो मन्त्रिपरिषदमा अलपत्र छ।

त्यस्तै, सुर्खेतका रामघाटमा प्रादेशिक विमानस्थल बनाइने, आर्थिक तथा हवाई सेवाको गुणस्तर विकास गरिने पनि बताइएको थियो। उदयपुरमा विमानस्थलको निर्माण अघि बढाइने जनाइएको छ।