१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

स्थानीय विपत् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने प्रदेश सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

बागमती प्रदेश सरकारले स्थानीय विपत् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

प्रदेश सरकारले प्राकृतिक विपत् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूलाई थप ससर्त अनुदान दिने र प्रदेशभित्रका पाँच जिल्लाका विभिन्न पाँच स्थानमा निर्माण हुने प्रहरी एकाइ भवनको निर्माणका लागि खर्च अख्तियारी दिने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको मेलुङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, काभ्रेको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई १०–१० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ।

यसैगरी, बैठकले प्राकृतिक विपत् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूलाई थप ससर्त अनुदानसमेत दिने निर्णय गरेको छ। बैठकले विपत् तथा जोखिम न्यूनीकरणका लागि प्रदेशका तीनवटा स्थानीय तहलाई कुल एक करोड ९० लाख रुपैयाँ ससर्त अनुदान दिने निर्णय गरेको हो। उक्त अनुदान नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख रुपैयाँ तथा मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने र केही दिनअघि सिन्धुली अस्पतालमा भएको घटनाका कारण पुगेको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।