१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
तस्बिर : एपी
रासस अंकारा
२o८o जेठ १५ सोमबार १३:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

Read Time : < 1 मिनेट
रासस, अंकारा
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १३:३१:oo

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन्। जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन्।

एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन्। टर्कीको झन्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भिडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिए। उनले भने, ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्‍याैँ। म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।’

‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा आठ करोड ५० लाख नागरिक हुन्,’ उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने।

उता निर्वाचनमा पराजित प्रतिद्वन्द्वी किलिचदारोग्लुले राजधानी अंकारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने बताएका छन्। ‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौँ। यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,’ उनले भने।

एर्दोगानले खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्दा विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत प्राप्त गरेका छन्।