मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ १५ सोमबार ०७:३५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ १५ सोमबार ०७:३५:००

गणतन्त्र प्राप्तिपछिका १५ वर्षलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
यस अवधिमा हामीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्‍यौँ । संविधानसभाको निर्वाचन गरी आठ वर्ष लगाएरै भए पनि संविधान निर्माण गर्‍यौँ । संविधानसभा २००७ सालकै क्रान्तिको घोषणापत्रमा उल्लेख भएको विषय थियो । सबै दलले सुझबुझका साथ काम गरेको हुनाले संविधानसभाबाट संविधान बन्न सम्भव भयो ।

संविधान घोषणापछि दुईपटक तीन–तीन तहका निर्वाचन सम्पन्न भए । बिपी कोइराला जनतालाई आफूसरह बनाउनुपर्छ भन्ने नीति लिएर राजनीतिमा आउनुभएको थियो । त्यसैले, जबसम्म जनताको जीवनस्तर उकास्न र देशको भौतिक समृद्धिलाई गति दिन सकिन्न तबसम्म जनतामा तीव्र असन्तुष्टि र चरम निराशा कायमै रहन्छ । यसलाई चिर्न सक्नुपर्छ । 

१५ वर्षमा हामीले के–के पायौँ र के–के पाउनबाट वञ्चित रह्यौँ ?
हामीले राजनीतिक अधिकार पायौँ । जनता अधिकारसम्पन्न भए । तर, जनताको जीवनस्तरमा गुणात्मक सुधार आएन । राज्यका सेवा–सुविधा सहज भएनन् । जनताले शिक्षा र रोजगारीका सहज अवसर पाएनन् । यो पक्ष सुदृढ नबनाएसम्म गणतन्त्र ल्याउनुको सार्थकता झल्किँदैन । 

गणतन्त्रमाथि प्रश्न उठाउन थालेका जनतालाई कसरी यसप्रति आश्वस्त पार्न सकिएला ?
विगतमा दुई–दुईवटा राजनीतिक क्रान्तिमा सहभागिता या नेतृत्व गरिसकेको नेपाली राजनीतिको पहिलो पुस्ताले कार्यकारी भूमिकाबाट बिदा लिनुपर्छ भन्ने जनताको चाहना छ । यसलाई बेवास्ता गरेर अघि बढ्न खोजियो भने जनताको आक्रोशको छालले कसलाई कहाँ पु¥याउँछ, यसै भन्न सकिन्न ।