१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१६ जेठबाट हेटौँडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौँडामा यही जेठ १६ गतेदेखि खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो। हेटौँडा-४ स्थित हुप्र चौरमा रहेको भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरका विभिन्न दशवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय हुने टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमलाई ५०/५० हजार नगद प्रदान गरिने अध्यक्ष विष्टले बताए। 

यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद पाँच/ पाँच हजार पुरस्कार प्रदान गरिने विष्टले जानकारी दिए।

करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौँडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ।