१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ १४ आइतबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केपिलासगढीले लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने

Read Time : < 1 मिनेट
२०८० जेठ १४ आइतबार १३:०४:००

खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने निर्णय गरेको छ। प्रदेश सभाले १ नम्बर प्रदेशको नाम कोसी राखेपछि पहिचानवादीले विरोधका कार्यक्रम सुरु गरेपछि गाउँ कार्यपालिकाले कोसी प्रदेश नलेख्ने निर्णय गरेको हो।

प्रदेशभित्रका कतिपय स्थानीय तहले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा कोसी नाम नराखेको पाएपछि आफूहरूले पनि सोही निर्णय गरेको गाउँपालिका उपप्रमुख गुरुराज राईले बताए। कोसी प्रदेश नामकरणलगत्तै विरोधमा उत्रिएको किराँत–राई–यायोक्खा खोटाङले संघसंस्थादेखि राजनीतिक दलसम्मलाई साइनबोर्ड, लेटरप्याड र छापमा कोसी प्रदेश नलेख्न आग्रह गर्दै आएको छ।

१० स्थानीय तह रहेको जिल्लामा अधिकांशले आफ्नो कार्यालयको बोर्ड तथा लेटरप्याड र छाप परिवर्तन गरेका छन्। जन्म, मृत्युजस्ता पञ्जीकरणका कार्य भने अनलाइनमार्फत दर्ता गरिने भएकाले कोसी प्रदेश उल्लेख छ।

गाउँपालिकामा दुमी, साम्पाङ र कोयी राईको भाषामा तयार पारिएको पाठ्यापुस्तकसमेत विमोचन गरिएको छ। गाउँ कार्यपालिका बैठकमा गाउँपालिका प्रमुख समीर राई, उपप्रमुख गुरुराज र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले पाठ्यपुस्तक विमोचन गरेका हुन्।