१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२९:oo

पर्याप्त व्यायामको कमी, अव्यवस्थित खानपान र खराब जीवनशैलीका कारण मोटोपनको समस्या बढिरहेको छ । विशेषगरी, सहरी क्षेत्रमा मानिसहरू धेरै व्यस्त हुन्छन् र आफ्नो जीवनशैली र स्वास्थ्यबारे पर्याप्त ख्याल राख्न पाउँदैनन् । जसकारण, धेरैमा मोटोपनको समस्या देखिने गरेको छ । मोटोपनले मानिसलाई भद्दा देखाउने मात्रै होइन, अन्य स्वास्थ्य समस्या निम्त्याउने जोखिमसमेत रहन्छ । त्यसैले हामीले आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने विषय ख्याल गर्नुपर्छ । 

डा. जनकबहादुर बस्नेत, प्राकृतिक चिकित्सा/मेडिकल निर्देशक वेलनेस हस्पिटल, काठमाडौं 

कसरी हुन्छ ?
- यसको प्रमुख कारण अव्यवस्थित जीवनशैली हो । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा पनि मोटोपन हुने गर्छ । 

- टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ । 

- हाइपोथाइराइड भन्ने हर्माेन परिवर्तन हुँदा पनि मोटोपन हुन्छ । पछिल्लो समय अधिकांश मानिसलाई हाइपोथाइराइड हर्माेनको मात्रा कमी हुँदा मोटोपन भएको देखिएको छ । यस्तो हर्माेनको डिसब्यालेन्सले मोटोपन निम्त्याउँछ । 

- कतिपयमा वंशानुगत कारणले पनि मोटोपन हुन्छ । यस्ता मानिस खाना कम खाए पनि, बढी खाए पनि मोटाउने गरेको पाइन्छ । 

कसरी घटाउने ? 
- हाम्रो दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्छ । होटेलमा तयार भएका र प्याकेटका खानेकुरा (जंकफुड) कम गर्नुपर्छ । मैदाबाट बनेका खानेकुरा सकेसम्म खानुहुन्न । 

- कार्बाेहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । फाइबर भएका खानेकुरा जस्तै, हरियो सागपात बढी खायो भने पेट भरिन्छ, तर क्यालोरी कम प्राप्त हुन्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानुहुँदैन । 

- हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङवाक गर्ने, योग अभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तै, स्विमिङ, साइक्लिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ ।

- घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । 

- पछिल्लो समय १६ घन्टे फास्टिङ पनि मोटोपन कम गर्ने प्रभावकारी विधि बनेको छ । आठ घन्टे फास्टिङमा पनि बेलुकीको खाना लाइट गर्नुपर्छ । यसले केही हदसम्म मोटोपन कम हुन्छ । 

- कतिपयमा पर्याप्त शारीरिक व्यायाम गर्दा पनि तौल नियन्त्रण भएको देखिन्न । शरीरमा अन्य रोगका कारणले गर्दा पनि मोटोपन नघटेको हुन सक्छ । त्यसैले तौल बढिसकेपछि त्यसलाई नियन्त्रण गर्नेभन्दा पनि तौल अनावश्यक रूपमा बढ्न नदिनु नै राम्रो हुन्छ । समयमै मोटोपन पहिचान गरेर नियन्त्रणका लागि जीवनशैलीमा सुधार ल्याउनुपर्छ ।

- महिलामा पाठेघरको समस्या देखिन सक्छ । मोटोपन भएपछि पाठेघरमा सिस्ट भएर बच्चा नहुनेसम्म खतरा हुन सक्छ । त्यसका लागि जाँच गरेर समयमै उपचार गर्नुपर्छ । आफ्नो शरीरको तौल सन्तुलनमा राख्न जरुरी छ ।

- मोटोपनले धेरै रोगको जोखिम निम्त्याउँछ । मोटोपन भएपछि ब्लडप्रेसर, सुगर, कोलेस्ट्रोललगायत बढ्छ । जसका कारण मुटुको समस्या देखिन सक्छ । त्यसैले कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गरेर चेकजाँच गर्नुपर्छ, औषधि सेवन गर्नुपर्छ । रक्तचाप उच्च हुँदा हृदयाघातको जोखिम बढ्ने भएकाले यसलाई नियन्त्रणमा राख्नुपर्छ । समय–समयमा चेकजाँच गर्नुपर्छ । 

- मोटोपन बढ्नेबित्तिकै घुँडाको समस्या हुन सक्छ । घुँडाको हड्डी खिइने समस्या देखिन सक्छ । साथै, कम्मर दुख्ने, ढाड दुख्ने समस्या हुन सक्छ । चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ । 

ad
ad