१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुनका विद्यार्थीले देखाएको एउटा ‘डेमो’ : मानिसको टाउको भेटियो, शरीर भेटिएन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

हत्या गरी फालिएको मान्छेको टाउको। नजिकै रक्ताम्य चक्कु। रक्सीको बोतल, चुरोटका ठुटा। यिनै कुराको अनुसन्धानमा थिए, तुलसीपुर १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरू। चारजना विद्यार्थी‘साइन अफ क्राइम अफिसर’ले घटनास्थलमा मानिसको हत्या गरी फालिएको अवस्थाको टाउको भेट्टाएपछि हत्या गर्न के–के सामग्री प्रयोग भएका छन्, अन्य के–के गतिविधि भएका छन्, त्यसको प्रमाण संकलन गरेर लिए । तर, मानिसको शरीर अझै भेटाउन सकेनन् । तर, उनीहरूले जति भेट्टाए, त्यसमा सूक्ष्म अनुसन्धान गरे।

किताबमा रहेकाे सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा विद्यार्थीहरूले डेमो प्रस्तुत गरेका थिए। यो कुनै वास्तविक घटना नभई विद्यार्थीहरूले अभ्यासका लागि प्रस्तुत गरेको डेमो थियो। त्यही डेमोको अवलोकन गर्नेमा थिए–दाङका प्रहरी प्रमुख वीरबहादुर वली। ‘डेमो’ अवलोकनपछि प्रहरी प्रमुख एसपी वलीले अनुसन्धान धेरै गहिरिएर गरेपछि मात्रै तथ्य पत्ता लाग्ने बताए।‘यो एकैछिनको डेमोबाट सिक्ने कुरा होइन, तिखारिन धेरै प्राक्टिस गर्नुपर्छ’,उनले भने। उनले मृत्युको केसमा हत्या हो वा होइन भन्ने पत्ता लगाउनुनै ठूलो कुरा भएको बताए।   

तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख मानबहादुर रावतले विद्यार्थीहरूले सिकेको कुरालाई व्यवहारमा लागू गर्दा सीपको विकास हुने बताए। उनले तुलसीपुर मेट्रो कलेज स्थानीय सरकारको गौरवको आयोजना भएको भन्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए।