१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १३ शनिबार o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार o९:o५:oo

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ।

परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीनवर्षे डिप्लोमा र प्रमाणपत्र तहमा चार सयजनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदै छ। उनले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोसाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सयसमेत उपलब्ध गराइनेछ। 

असी विद्यार्थीलाई तीनवर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटेल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दै छन्। डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटेल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए। अठारमहिने प्रि-डिप्लोमा एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ। 

यस्तै, तीनवर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ, बालीविज्ञान, जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर) इन्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयरकन्डिसनिङ इन्जिनियरिङ, मेडिसिनल एन्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ।