१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १२ शुक्रबार १५:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिमा जलहरी प्रकरण : छानबिन समिति गठन गर्न माओवादी सांसदको माग   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १५:५१:oo

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्। 

उनले आफूले जलहरीको कुरा मात्रै संसदमा नउठाएको भन्दै उनले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषय उठाएको र तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताए। 

आफूले ओलीलाई व्यक्तिगत रूपमा किटान नगरेको उनको भनाइ छ। उनले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पारे।

उनले भने, ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाब प्रस्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरू किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाईंले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरूले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भीरतापूर्वक माग के छ भने संसदीय छानबिन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ । तर, व्यक्तिगत हिसाबले किटान गरिएको थिएन । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हाे । मैले कहीँ संसदीय मर्यादा उल्लंघन गरेको छैन । मेरो बोल्न पाउने अधिकार मसँग सुरक्षित छ नि । मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ । कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन।’