१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका हेटाैँडा
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवस्था फेरियो, अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैँडा
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानव अधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकामा चिन्ता व्यक्त गरे । 

‘सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘हामी सबै मानव अधिकारमैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तरविरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ ।’

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाे उल्लेख गर्दै समावेशी रूपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए । उनले भने, ‘आर्थिक, सामाजिक, राजनीतिकलगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ ।’

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानव अधिकारका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।