मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नयाँ पत्रिका
२०८० जेठ १२ शुक्रबार ०६:१४:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
२०८० जेठ १२ शुक्रबार ०६:१४:००

स्वामी रामकृष्ण परमहंसले दक्षिणेश्वरमा पुजारीको जिम्मेवारी पाए । उनको तलब थियो, महिनाको २० रुपैयाँ । यति रकम तत्कालीन समयमा उनको गुजाराका लागि पर्याप्त थियो । उनी आफ्नो जिम्मेवारीमा तन्मयतापूर्वक खटिए । रामकृष्णले जिम्मेवारी सम्हालेको १५ दिनपछि उनलाई मन्दिर व्यवस्थापन समितिसमक्ष उपस्थित हुन पत्र काटियो । पत्र पाएपछि उनी समितिसमक्ष उपस्थित भए । तर, उनलाई त्यहाँ किन बोलाइएको थियो, त्यसबारे भने उनी अनभिज्ञ थिए ।

समितिका पदाधिकारीले उनीसित प्रश्न गरे– पण्डितजी, तपाईंविरुद्ध धेरै भक्तजनले उजुरी दिएका छन् । यसबारे हामी तपाईंबाट केही जान्न चाहन्छौँ । तपाईं हरेक फल पहिले आफूले चाखेर मात्र र फूल सुँघेर मात्र भगवानलाई अर्पित गर्नुहुन्छ रे ! के कुनै मन्दिरमा पुजारीले भगवानलाई जुठो प्रसाद र फूल चढाउँछन् हो ? दक्षिणेश्वरमा तपाईंले यसैगरी पूजा गर्दै हुनुहुन्छ ? 

समितिका अधिकारीको प्रश्न सुनेपछि रामकृष्ण केही गम्भीर भए र उत्तर दिए– कुनै पनि फूल पहिले आफूले नसुँघी त म कसरी भगवानलाई चढाउन सक्छु ? कुनै फूलमा सुगन्ध रहेनछ भने भगवानलाई सास्ती हुँदैन ? अझ झनै दुर्गन्ध नै रहेछ भने त भगवानकाे हालत कस्तो होला ? रह्यो फलफूल चाखेर चढाउने गरेको आरोप ।

यसमा पनि मेरो भनाइ त्यही हो । मेरी आमाले भान्छामा केही पकाउँदा मिठो भयो कि भएन भनेर आफूले चाखेर मात्र मलाई खान दिनुहुन्थ्यो । अनि, भगवानका लागि कुनै फलफूल या प्रसाद चढाउँदा त्यो मिठो छ कि छैन, भगवानकालागि योग्य छ कि छैन भनेर पहिला आफैँले चाख्नुपरेन त ? नचाखी त त्यसको स्वाद कसरी थाहा पाउनु र भगवानलाई अर्पण गर्नु त ? 
पुजारी रामकृष्णको यस्तो आत्मविश्वासयुक्त जवाफ सुनेपछि समितिका पदाधिकारी निरुत्तर बने ।