१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १९:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम जिप दुर्घटना :  मृतक पाँचैजनाको पहिचान खुल्यो (विवरणसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर ८ दुलीदुधारको भित्री सडकमा जिप दुर्घटनामा परी मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।

आज बिहान लु १ त १७४७ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा २२ दिनको बच्चा र आमासहित ५ जना रहेका छन्।

दुर्घनामा परी मृत्यु हुनेमा सानीभेरी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय कर्णबहादुर बाँठामगर, सोही ठाउँका ५० वर्षीय देउचन खत्री, बाँफीकोट गाउँपालिका वडा नम्बर ८ की सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको २२ दिनको बच्चा रोशन केसी छन्। 

२३ वर्षीया शीतला कुसारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। अन्य ४ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते भएका जिपका साहु सानीभेरी– ५ का ४० वर्षीय प्रेम बाठामगर, सोही ठाउँकी मृतक शीतला कुसारीको २ वर्षका छोरा प्रसिद्ध कुसारी, सोही ठाउँकी २० वर्षीया अनिता केसी र २२ वर्षीय ललित बाठामगरलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको छ।

नेपालगन्ज पठाइएका घाइतेहरूको टाउको, ढाड र हात खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। अन्य ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

सानीभेरी–५ का जिपचालक ३५ वर्षीय दीपक बाठामगर, सोही ठाउँकी २१ वर्षीया कल्पना केसी, १७ वर्षीया रिता खत्री, १७ वर्षीय मनिषा बस्नेत, ४६ वर्षीय गम्भीर कुसारी र ४६ वर्षीय कर्णवीर पुनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
 
१५ जना सवार जिप दुलीदुधारको भित्री सडकमा दुर्घटना हुँदा सडकबाट ४ सय मिटर तल खसेको थियो। बाटो चिप्लो हुँदा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ।