१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

बागमती प्रदेशभर सार्वजनिक सवारीसाधनको भाडा ४.१८ प्रतिशतदेखि ५.९० प्रतिशतसम्म घट्ने भएको छ। प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेसँग आज बिहीबारबाट भाडा घट्ने भएको हो।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाए पनि प्रदेश सरकारले भने भाडा समायोजन गरेको थिएन। करिब एक सातापछि मात्रै प्रदेश सरकारले भाडादर घटाउने निर्णय गरेको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा समायोजन सिफारिस समितिको बैठकले भाडादर समायोजन गर्ने निर्णय गरेको जानकारी दिए।

सूचना अधिकारी पौडेलका अनुसार प्रदेशभित्र अन्तरस्थानीय तहमा चल्ने सार्वजनिक सवारीसाधनमा पाँच प्रतिशतका दरले भाडा घट्ने भएको हो।

‘बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तरपालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू हुन्छ,’ उनले भने, ’राजपत्रमा प्रकाशित गर्न बुधबार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइसकिएको छ।’

सूचना अधिकारी पौडेलले बागमती प्रदेशभित्र अन्तरपालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९, यात्रुवाहक बसमा ४.१८ र उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा ५.९० प्रतिशतले भाडा घट्ने बताए।

यसअघि पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तरपालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएको थियो।