मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ११ बिहीबार ०८:४७:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

स्थायी शान्ति र राहतको पर्खाइमा सुडान

Read Time : < 1 मिनेट
२०८० जेठ ११ बिहीबार ०८:४७:००

सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन । युद्धविरामको घोषणाले संकटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ ।

राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ, तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तुममा लडाइँ ‘कम तीव्र’ देखिएको बताएका छन् ।  युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेकोमा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लंघन गरेको संकेत गर्ने’ रिपोर्टहरू आएका वासिंटन र रियादले जनाएका छन् । 

अप्रिल १५ मा युद्ध सुरु भयो, जसका कारण हजारौँ विदेशीले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानी आन्तरिक वा बाह्य रूपमा आफ्नो घर छाड्न बाध्य भएका छन् । सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमान्ड सम्हालिरहेका उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द र खाद्यान्न, औषधि र अन्य खाद्यान्नको चरम अभावबीच लाखौँ मानिस लडाकु र घुमन्ते लुटेराबाट बच्न घरभित्रै थुनिएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै भने, ‘पूरै देशलाई बन्धक बनाइएको छ । मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका छन् ।’ पाँच हप्ताभन्दा बढी समयदेखि लडाइँको सामना गरिरहेका सुडानी नागरिकले युद्धबाट अत्तालिएको बताएका छन् । युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युद्धमा हजारौँको संख्यामा घाइते भएका छन् ।