१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:३६:oo

पार्टीका केन्द्रीय नेता नै संगठित अपराधका अभियुक्त बनिसक्दा पनि पार्टीले किन केही बोल्न सकिरहेको छैन ?
यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण अवस्था हो । डेढ वर्षको अवधिमा एकपटक मात्र केन्द्रीय कार्य समितिको बैठक बसेको छ । पार्टीको विधानमा पदाधिकारी भन्ने संस्थाको कुनै व्यवस्था नै छैन । तर, नेतृत्वले पदाधिकारीहरू बसेर विभिन्न विषयमा छलफल गर्ने र त्यसैलाई आधिकारिक मान्न पार्टी पंक्तिलाई बाध्य पार्ने काम गर्दै आएको छ । देशलाई खोक्रो पार्दै आइरहेको भ्रष्टाचारलाई अझै पनि नियन्त्रण नगर्ने र त्यसमा संलग्नहरूलाई बचाउने प्रयास पार्टीले ग¥यो भने जनतामा पैदा भएको असन्तुष्टिले पार्टीलाई बढार्न बेर छैन । 

पार्टीमा गत मंसिरमा सम्पन्न निर्वाचन र त्यसपछिको उपनिर्वाचनको समीक्षासम्म नहुनुको कारण के होला ?
यस विषयमा त मलाई भन्दा पनि पार्टी नेतृत्वलाई नै सोध्नुपर्छ । हामीले यस विषयमा पटकपटक आवाज उठाउँदा पनि नेतृत्वले अहिलेसम्म पछिल्ला निर्वाचन परिणामका विषयमा घनीभूत छलफल गर्न आवश्यक ठानेको छैन । पार्टीको आधारिक निकायमा बसेर पार्टीलाई सुधार्न सद्भावपूर्ण छलफल गर्नुपर्नेमा नेतृत्वले त्यसतर्फ कुनै चासो नै दिएको छैन । 

पार्टीका विभाग र भ्रातृ संगठनहरू लथालिंग अवस्थामा देखिन्छन् । यस्तो अवस्था किन आइरहेको छ ?
पार्टीका भ्रातृ संगठन र विभागहरूको गठन सन्तुलित ढंगबाट गर्नुपर्नेमा पार्टी नेतृत्वले सरकार गठनदेखि सबैतिर एकलौटी गरिरहेको छ । यसले मुलुकमा बढिरहेको असंगठित अराजकता र नागरिक असन्तुष्टिलाई झनै बढाउन मद्दत गर्छ । 

ad
ad