मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ९ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान प्रतिवेदन हल्काफुल्का बनायो : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार ११:o२:oo

एमाले महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणमा पीडितले आरोप लगाएका व्यक्तिको विषयमा सरकारले प्रतिवेदन हल्काफुल्का बनाएको भन्दै आलोचना गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याई सत्तापक्षको निर्देशनअनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै गरिएको आंशकालाई पुष्टि गरेको छ। ’

उनले यस्तो संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यसप्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुने बताएका छन् ।