
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सोमबार बिहान घाँटी रेटी हत्या गरिएको अवस्थामा एकजनाको शव फेला परेको छ।
वडा नम्बर ४ स्थित टेलरिङ फ्याक्ट्रीको पछाडि अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
‘शवको प्रकृति हेर्दा हत्या भएजस्तो देखिन्छ,’ उनले भने, ‘शवको हालसम्म सनाखत हुन सकेको छैन।’ घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए।