Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ ८ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ठमेलमा खुल्यो बाराही होटेल, डेढ अर्ब लगानी

Read Time : < 1 मिनेट
२०८० जेठ ८ सोमबार ११:२४:००

 काठमाडौंको ठमेलमा चारतारे स्तरको नयाँ होटेल ‘बाराही काठमाडौं’ सञ्चालनमा आएको छ । आइतबारदेखि सञ्चालनमा आएको होटेलमा आठवटा सुइट र ७२ वटा डिलक्स गरी ८० कोठा रहेका छन् । 

डिलक्स रुमको अफर मूल्य एक सय डलर तोकिएको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटेलमा कफी सप, रेस्टुरेन्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा एक सय २० जना अट्ने सभाहल केही हप्तामा तयार हुँदै छ । सातौँ तलामा नारायणहिटी दरबारतर्फ फर्किएको ११ वर्गफिटको इन्फिनिटी स्विमिङ पुल छ । 

पोखराबाट उदाएको बाराही ग्रुपले व्यावसायिक कम्प्लेक्ससहितको होटेल निर्माण गरेको हो । कम्प्लेक्सको भुइँतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहनेछन् भने बाँकी ६ तलामा होटेल रहेको छ । सपिङ कम्प्लेक्ससहितको होटेल निर्माण गर्न करिब एक अर्ब ४० करोड रुपैयाँ खर्च भएको थापाले बताए । पर्यटनको ‘गोल्डेन ट्र्यांगल’ मानिएको पोखरा, चितवन र काठमाडौं तीनवटै ठाउँमा बाराही ग्रुपका होटेल सञ्चालनमा आएका छन् ।