१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यार्सा संकलनका क्रममा हिउँ पहिरोमा  बेपत्ता दुईजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

यार्सा संकलनकाे क्रममा बझाङमा हिउँ पहिरोमा परि बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।आइतबार हिउँ पहिरोमा परि यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष  १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।

हिजोदेखि हिउँ पहिरोमा परि बेपत्ता भएका उनीहरुको शव साेमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

यार्सा संकलन गर्ने क्रममा आइतबार सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरोमा परि सुर्मा गाउँपालिका ३ का ३८ वर्षीया रामकोइला देवी बोहराको हिजोनै शव फेला परिसकेको र आज फेरि बेपत्ता भएका दुई जनाको शव फेला परेको डिएसपी भण्डारीको भनाइ छ ।

 सोमबारसम्म हिउँ पहिरोमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । हिउँ पहिरोमा परेर सुर्मा गाउँपालिका ३ का  ४० वर्षीय बाबजी बोहरा, जयपृथ्वी नगरपालिका ११ घर भएका   १४ वर्षीय  आकाश धामी घाइते भएका छ्न् ।बझाङमा बर्सेनी यार्सा संकलन गर्दैगर्दा  हिउँ पहिरो तथा भिरबाट खसेर धेरैले ज्यान गुमाउनु परेको छ ।