
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारण सभाको उद्घाटन गर्न आइतबार गोरखा पुगेका उनले सरकार, सदन र सडक तीनवटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे । जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने बताउँदै उनले जुनसुकै पार्टीको होस्, जोसुकै होस् भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता–कार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि कारबाही गरिने श्रेष्ठले बताए । माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरणसहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताए । उनले पार्टीभित्र गुट बनाउनु अपराध भएको बताए ।