Skip This
टिआरसी विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ : कांग्रेस प्रमुख सचेतक लेखक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ : कांग्रेस प्रमुख सचेतक लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयकलाई चालू अधिवेशनबाटै पास गर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बेपत्ता पारिएका व्यक्तिको सवाल, सत्यनिरुपण र मेलमिलापको सवाललगायत संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ। संसदबाट हामीले समितिमा पठाएका छौँ। समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ। यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ। हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ,’ लेखकले भने।