Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँदिल्ली
२०८० जेठ ७ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसी हमलापछि मोदी र जेलेन्स्कीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँदिल्ली
२०८० जेठ ७ आइतबार ०९:४९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शनिबार भेटवार्ता गर्दै मोदीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जापानको हिरोसिमामा भएको आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, ‘मैले तपाईं र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छु त्यो गर्नेछौँ ।’

१५ महिनाअघि रुसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत एक पोस्टमा भनिएको छ, ‘मोदीले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।’ जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्तिसूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् । 

मोदीले रुसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए । युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकाले स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका थिए । युक्रेनी नेताले यसअघि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरेका थिए । जेलेन्स्कीले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् ।