१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग रोचक बन्दै उपाधि दौड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१६:oo

साबिक विजेता मच्छिन्द्रसँगै जावलाखेलले नवप्रवेशी चर्च ब्वाइज युनाइटेडलाई शीर्ष स्थानमा पछ्याइरहेका छन्

नेपाल पुलिस क्लबविरुद्धको १–० को संघर्षपूर्ण जितसँगै चर्च ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा स्पष्ट चार अंकको अग्रता लिएको छ । दशरथ रंगशालामा शुक्रबार वर्षाले प्रभावित बनेको खेलमा मिलन राईले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । पहिलो हाफमा अत्यधिक वर्षा र चट्याङ पर्दा खेल केही समय रोकिएको थियो । चर्च ब्वाइजले पहिलो लेगमा पुलिसलाई २–१ ले हराएको थियो । 

चर्च ब्वाइजले १९ खेलमा ३६ अंक जोडेको छ । दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा चार अंकले बढी हो । जावलाखेलको ३२ अंक छ । पुलिस १९ खेलमा ६ जित, चार बराबरी र नौ हारसहित २२ अंक जोडेर १२औँ स्थानमा यथावत् छ । 

अर्को खेलमा हिमालयन शेर्पाले अर्काे एपिएफलाई ३–२ ले पराजित गरेको छ । त्रिभुवन आर्मी र पुछारको खुमलटार युथ क्लबले २–२ गोलको बराबरी खेले । लिगमा उपाधि दाबेदार मानेको मनाङ मस्र्याङ्दी क्लब लगातार पाँच ड्र खेल्दै आठौँ स्थानमा छ । मनाङले २३ अंक जोडेको छ । 

चर्च ब्वाइज युनाइटेड खेल १९, अंक ३६
नवप्रवेशी चर्च ब्वाइज चार अंकको अग्रताका साथ उपाधि दौडमा अगाडि छ । चर्च ब्वाइजले जावलाखेल र साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई पछाडि पारेको छ । ‘बी’ डिभिजन च्याम्पियन हुँदै पहिलोपटक माथिल्लो डिभिजन लिग खेलेको चर्च ब्वाइजले १० खेलमा जित, ६ बराबरी र तीन खेल गुमाएको छ । चालू लिगमा चर्च ब्वाइजले विपक्षी पोस्टमा २४ गोल गरेको छ । आफूविरुद्ध यस क्लबले १२ गोल व्यहोरेको छ । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकरद्वय अञ्जन विष्ट, आशिष चौधरी, मिडफिल्डर एरिक विष्ट र रक्षक अनन्त तामाङ तथा कमल श्रेष्ठ रहँदा चर्च ब्वाइज बलियो देखिन्छ । पहिलो संस्करणमै उपाधि जित्ने योजनामा रहेको चर्चको टेक्निकल क्षेत्रमा बालगोपाल महर्जन छन् । चर्च ब्वाइजलाई विदेशी खेलाडीले राम्रो साथ दिएका छन् । 

जावलाखेल युथ क्लब खेल १९, अंक ३२
लिग सुरु हुँदा कमैले सोचेका थिए, जावलाखेल युथले यस्तो प्रदर्शन गर्छ भनी । धेरैले जावलाखेललाई मध्यमस्तरको टोली मानेका थिए । जावलाखेलले सानदार प्रदर्शन जारी नै छ । १९औँ चरण खेलसम्म आइपुग्दा जावलाखेल दोस्रो स्थानमा छ । नौ जित, पाँच बराबर र पाँच हारपछि जावलाखेलले ३२ अंक जोडेको छ । विपक्षी पोस्टमा ३५ गोल गर्दा २४ गोल व्यहोरेको छ । लिगमा उच्च गोल गर्ने जावलाखेल पहिलो टोली हो । लिगको १४औँ चरणसम्म जावलाखेल शीर्ष स्थानमा रह्यो । त्यसक्रममा सात जित, तीन बराबर र चार हार व्यहोरेको थियो । त्यसपछि चर्च ब्वाइजले शीर्षस्थानमा पकड बनाएको छ । रक्षक आदित्य चौधरी राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने एक्ला खेलाडी हुन् । नेपाली युवा र विदेशी खेलाडीको प्रभावसँगै जावलाखेलले सानदार प्रदर्शन गर्दै आएको छ । जावलाखेलका अफ्रिकन खेलाडी एनकोटो मासोआबीले १३ गोल गरेका छन् । 

मच्छिन्द्र क्लब खेल १९, अंक ३१
साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब यसपटक लिग उपाधिमा ह्याट्रिक गर्ने योजनामा छ । टोलीका मुख्य खेलाडी विदेश पलायन र घाइते हुँदा मच्छिन्द्रले उपाधि रक्षा गर्न संघर्ष गरिरहेको छ । टोली १९ खेल खेल्दा ३१ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले मच्छिन्द्र पछाडि छ । 

मच्छिन्द्रले आठ जित, सात बराबरी र चार खेलमा हार व्यहोरेको छ । विपक्षी पोस्टमा २८ गोल गर्दा २० गोल व्यहोरेको छ । १५ खेल खेलेका नाइजेरियन खेलाडी आफिज ओलावाले ओलादिपोले १४ गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थानमा छन् । आफिज मच्छिन्द्रको अग्रपंक्तिमा छाइरहँदा भुटनिज चेन्चो ग्याल्त्सेन ६ खेलमै घाइते भए । नेपाली स्ट्राइकर विमल घर्तीमगर घाइते हुँदा स्वाभाविक लयमा छैनन् । प्रवेश कटवाल प्रशिक्षकबाट हटेपछि किशोरकुमार केसी मच्छिन्द्रलाई ह्याट्रिक उपाधि जिताउने दाउमा छन् । 

थ्री स्टार क्लब खेल १८, अंक २६
लिग सुरु हुन एक हप्ताअघिसम्म थ्री स्टारले लिगको तयारी नै गरेको थिएन । तर, थ्री स्टारले दमदार प्रस्तुति गर्‍यो । मेघराज केसीले प्रशिक्षक जिम्मेवारी लिनुअघिसम्म उनी पनि थ्री स्टार नाजुक अवस्थामा रहेको बुझेका थिए । तर, उनले आफ्नो रणनीतिअनुसार खेलाडी अनुबन्ध गर्न लगाए । जसका कारण थ्री स्टार कुनै पनि समय रेलिगेसन क्षेत्रमा परेन । 

अनुभवी र युवा खेलाडीबाट थ्री स्टारले दिन–प्रतिदिन उत्कृष्ट प्रदर्शन गरिरह्यो । अहिले थ्री स्टार चौथो स्थानमा छ । थ्री स्टारले १८ खेलमा २६ अंक बनाएको छ । ६ खेल जित, आठ बराबर र चार खेलमा मात्रै हारेको छ । १६ गोल गर्दा १२ गोल व्यहोर्‍यो । टोलीमा विक्रम लामा, विराज महर्जनजस्ता अनुभवी खेलाडी छन् । लाकेन लिम्बू, आदित्य शाक्य, दीपेश गुरुङ, योगेश गुरुङ, महेन्द्र कार्कीजस्ता खेलाडीले प्रभाव जमाएका छन् । 

त्रिभुवन आर्मी क्लब खेल १९, अंक २६
शीर्ष डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब सधैँ उपाधि दाबेदार रहने गर्छ । तर, अन्तिम समयमा पुग्दा टोली सधैँ अभागी बन्छ । गत दुवै सिजन यस्तै भयो । मच्छिन्द्र विजेता बन्दा आर्मी उपविजेता भयो । यसपटक क्लबले उपाधि जित्ने योजना नै बनाएको छ । खेलाडी विदेश पलायन र घाइते हुँदा आर्मीलाई समस्या छ । आर्मीले विदेशी खेलाडी अनुबन्ध गरेको छैन । नेपाली खेलाडीलाई अवसर दिने भएपछि आर्मी विदेशी खेलाडी अनुबन्धबाट टाढा रह्यो । १९ खेल खेल्दा आर्मीको २६ अंक छ । प्रशिक्षक नवीन न्यौपानेको चाहना विदेशी खेलाडीको साथमा च्याम्पियन हुनु हो । तर, क्लबले यसलाई स्वीकार गरेन । 

ad
ad