१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले आइतबार अनुसन्धान टुंग्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

नेपाली नागरिकलाई राज्यसंयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ।

बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो। १६ जना पक्राउ परेकोमा दुईजनाको बयान हुन सकेको छैन। बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन।

‘३ बजेसम्म प्रहरीले उहाँहरूलाई बयानका लागि ल्याएन। अब शनिबार बयान गर्ने छलफल भएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्चुतमणि न्यौपानेले भने।

शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारी वकिलले शुक्रबारभित्रै बुझाउन भनेको थियो। संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत उच्चपदस्थलाई समेत प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ।