१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

बलात्कार कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो। अदालतले पीडितलाई रु. २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

पीडितलाई विकले ०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए।

प्रहरीले विकलाई ०७७ असार २४ गते पक्राउ गरेको थियो। अदालतको आदेशमा आरोपित विक ०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए। रासस