१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ५ शुक्रबार ०७:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रिजालले प्रत्येक वर्ष नेपाल सरकारबाट बुझ्थे १३ लाख भत्ता तथा गाडी र सुरक्षागार्डको सुविधा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ५ शुक्रबार ०७:४३:००

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेता टेकनाथ रिजालले गरेको संघर्ष अन्तर्राष्ट्रिय रूपमै चर्चित छ । तर, उनै नेता अहिले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरुमै दिएका थिए ।

रिजालले धन्दाका क्रममा सात लाख रुपैयाँ बुझेको विवरण त प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको थियो । तर, प्रहरीले उनलाई पक्राउ गर्ने प्राथमिकतामा राखेको थिएन । पछि रिजालले रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ नै फेला पारेपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 १३ लाख भत्ता तथा गाडी र सुरक्षागार्डको सुविधा

७६ वर्षीय रिजालले नेपाल सरकारबाट दैनिक भरणपोषणका लागि भन्दै प्रत्येक वर्ष १३ लाख रुपैयाँ भत्ता बुझ्दै आएका छन् । त्यसबाहेक गाडी र सुरक्षागार्डको सुविधासमेत पाएका थिए । 

झापाको बिर्तामोड बस्दै आएका उनले सरकारबाट १ असोज ०६१ बाट ‘ट्राभल डकुमेन्ट’ पनि पाएका थिए । ०६२/६३ कोे आन्दोलनपछि उनलाई नेपाल सरकारले उक्त सुविधा दिँदै आएको हो । 

भुटानमा छँदा उनी भुटान पिपुल्स पार्टीका अध्यक्ष बनेका थिए । भुटानको लामिडाँडाबाट चुनाव जितेर डेढ दशकसम्म भुटानमै सेवा गरेका थिए । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गरेका छन् । भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने उनी मुख्य व्यक्ति मानिन्छन् । 

भुटानी शरणार्थीको सवालमा भुटानी राजाको विरोधमा उत्रिएका उनी सन् १९८९ मा नेपाल आएका थिए । त्यही वेला उनलाई तत्कालीन नेपाल सरकारले पक्राउ गरेर भुटानलाई जिम्मा लगाएको थियो । उनीविरुद्ध जन्मकैदको फैसला भएको थियो । १० वर्षको जेलजीवनपछि उनलाई भुटानी राजाले माफी दिएका थिए । त्यसपछि रिजाल नेपाल आएका थिए ।