मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Thursday, 27 August, 2026
२o८o जेठ ४ बिहीबार ११:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार ११:५१:oo

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास– ८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

आज बिहान ५ बजे घरनजिकैको मकैबारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए।

आक्रमणलगत्तै भालु भागेको थियो। घाइते विकलाई स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। 

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।