१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ३ बुधबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी र एसपिपी पास गरेपछि अमेरिकी सेनाको झुन्ड बढ्यो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ३ बुधबार १०:२५:००

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र एसपिपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् । 

बुधबार ३१औँ मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् । उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेलभूमि बनाउन खोजेको बताए । उनले एमसिसी र एसपिपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुन्डहरू नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेलमैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपाली सचेत रहनुपर्ने बताए ।   

सम्मानित नेता खनालले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताए । उनले यो प्रकरण निष्पक्ष रूपमा छानबिन भई सतहमा पुग्नुपर्ने बताए । यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरू पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याउन आग्रह गरे । उनले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिए ।

सम्मानित नेता खनालले पाँच वर्षभन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताए।