१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २ मंगलबार १o:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवाको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १o:४८:oo

 कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको हो । 

साधारणसभाले आव ०७९/८० को लेखापरीक्षण गर्नका लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षण बिआरएस न्यौपाने एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएको छ । त्यस्तै, बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष ०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू तथा देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालू आर्थिक वर्ष ०७९/८० को हालसम्मको कार्यसम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेको बैंकले जनाएको छ ।  

साधारणसभामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत विनय दाहालले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरू हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको भए तापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएको बताए । यसले चालू आवमा व्यवसाय वृद्धिका साथै खराब कर्जा असुलीमा बढी ध्यानकेन्द्रित गरी कार्ययोजनासहित अगाडि बढ्ने उनको भनाइ थियो ।