१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ३१ आइतबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी युनिटमा अब नागरिक सहजकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार १३:५२:oo

कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको छ। प्रहरी कार्यालयको मूलढोकामा एकजना युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन गरिएको छ। 

प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन्। सोधपुछ गर्ने र सेवाग्राहीले भनेअनुसारको कामको प्रक्रृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो। 

दुर्गम ठाउँका अशिक्षित व्यक्ति सेवाका लागि प्रहरी युनिटमा आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने के गर्ने भनेर निकै अलमलमा परेका हुन्छन्। यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी निरीक्षक यमबहादुर मगरले बताए। 

‘प्रहरी कार्यालयमा एउटै युनिफर्म लगाएका धेरै प्रहरी हुन्छन्। सेवाग्राहीलाई कसलाई सोध्ने के गर्ने भनेर अलमल परेका हुन्छन्,’  प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले भने, ‘सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो।’

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको उनले बताए।

उनले भने, ‘नागरिक सहजकर्ता हरेक प्रहरी कार्यालयको गेटमा नागरिकलाई सेवा दिने गरी बस्नेछन्। न्यायका लागि आउने जोकोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ।’ 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सहयोगी भावनासहितको सेवा प्रवाह गर्नुपर्ने बताए। 

जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २२ वटा प्रहरी युनिट रहेका छन् । २२ वटै प्रहरी युनिटमा एकजना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।