१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहारकाे आरोपमा कृषिविज्ञ राई पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– २ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

आवासीय रूपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका संरक्षक राईलाई प्रहरीले शुक्रबार मध्याह्न फाउन्डेसनबाटै नियन्त्रणमा लिएको हो। 

प्रहरी नियन्त्रणमा रहेका राईमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। ‘मदन राईविरुद्ध तीन–चार ठाउँबाट मौखिक उजुरी आएका छन्। उहाँहरू (उजुरी दिने व्यक्ति)लाई  कार्यालयमा बोलाएको छु,’ उनले भने, ‘उहाँहरूले उजुरी दिएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्छ । अहिले सामान्य अनुसन्धान भइरहेको छ।’

संरक्षक राईले आफूहरूको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायतका आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ। 

संरक्षक राईलाई प्रहरीले नियन्त्रणमा लिएपछि मौखिक उजुरी दिनेहरूलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए। यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो। 

फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूमाथि संरक्षक राईबाटै यौन दुर्व्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्। 

सञ्चारमाध्यममा समाचार आएपछि बालिका तथा किशोरीहरूले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । 

बालिका तथा किशोरीहरूमाथि यौनशोषण भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सिजपले पीडित बालिका तथा किशोरीमाथि यौन दुर्व्यवहार गर्ने संरक्षक राईलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।