विराटनगरमा क्रिकेटरको भव्य स्वागत

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी एसिया कप क्रिकेट प्रतियोगितामा २१ वर्षपछि स्थान बनाएको राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार विराटनगरमा भव्य स्वागत गरिएको छ । विराटनगरवासीले विमानस्थलदेखि सहरका विभिन्न भागमा च्याम्पियन खेलाडीहरूलाई फूलमालासहित अबिरयात्रा गरेका थिए । 

गत साता नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपको स्थान पक्का गरेको थियो । सन् २००२ मा पनि नेपाल एसिया कपमा छनोट भएको थियो ।

 एसिसी प्रिमियर कपमा ऐतिहासिक प्रदर्शन गरेको जनाउँदै विराटनगरवासीले खेलाडीलाई स्वागत र र्याली आयोजना गरेको जनाइएको छ । विराटनगरको वरगाछीबाट सुरु भएको भव्य र्याली विराटनगरको तीनपैनी र रोडशेष चोक हुँदै पुनः वरगाछी चोकसम्म पुगेको थियो । 

यसक्रममा राष्ट्रिय खेलालीहरूलाई उद्योग वाणिज्य संघ प्रदेश १ समिति, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको साथ रह्यो । क्रिक्रेट खेलाडीलाई विराटनगरवासीले घरघरबाट निस्केर अभिवादन गरेका थिए । 

सुझावित समाचार