१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म धेरै भन्न चाहन्न, सुशासनका निम्ति हामी गम्भीर छौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए। वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमानदार कम्युनिस्टहरूको आवश्यकता  रहेको बताए। 

उनले भने, ‘अहिले परिस्थिति नयाँ बनेको छ। हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्राबाहेक नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौँ। सुशासनका लागि हामीलाई सम्पूर्ण इमानदार क्रान्तिकारीहरूको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ। सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ।’