मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख २६ मंगलबार ११:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथले एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार ११:४९:००

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् । 

विगत २० वर्षदेखि डिजिटल भुक्तानी सेवा दिँदै आएको स्मार्ट च्वाइस बैंकबीच भएको सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । हाल पाँच वाणिज्य बैंक, पाँच विकास बैंक, १२ फाइनान्स कम्पनी र एक सय ५० भन्दा बढी सहकारीहरूले एससिटी युपिआई डेबिट कार्ड सेवा आफ्ना ग्राहकलाई प्रदान गरिरहेको जनाइएको छ ।