१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o बैशाख २५ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरण छानबिन गर्न प्रधानमन्त्रीले खुट्टा कमाउनुहुँदैन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १८:२८:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताउँदै नेपालले सो प्रकरणमा उनलाई आफूहरूको पूरा साथ र सहयोग रहने आश्वासन दिए।

‘देशको सबभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ, तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन। भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन, दृढताका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने।