१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१४:oo

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका एजेन्सी लिडर्सहरूको उल्लेख्य सहभागितामा कार्यक्रम गरेको हो । 

‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आबद्ध बिमा अभिकर्ताहरूको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाईं–हामीलाई खोज्दै आउनेछ । त्यसैले आफ्नो कामलाई माया गरौँ र निरन्तरता दिऔँ ।’

कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बिमाको औचित्य र जीवन बिमा मध्यस्थकर्ताका काम–कर्तव्यबारे प्रस्ट पारेका थिए । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका पाँच–पाँचजना उत्कृष्ट बिमा अभिकर्तालाई सम्मान गरिएको थियो । 

अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बिपी रेग्मीको प्रशिक्षण कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको कम्पनीले जनाएको छ । रेग्मीले व्यावहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरू दिएको जनाइएको छ । बिमा मध्यस्थकर्ताको व्यावसायिक जीवनका आयामहरू र आगामी सहज एवं सफल यात्राका विषयहरू इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको कम्पनीले जनाएको छ । 

ad
ad