१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटी एक्सप्रेसको भक्तराज आचार्य संगीत प्रतिष्ठानसँग सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:१o:oo

 सिटी एक्सप्रेस मनी ट्रान्सफरले भक्तराज आचार्य संगीत प्रतिष्ठानसँगको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरेको छ । उक्त सम्मान गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई प्रदान गरिएको हो । 

पुरस्कार जनही ५० हजार एक रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै, ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ युवा तबलावादक बिपी सिंहलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको जनाइएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले संयुक्त रूपमा उक्त सम्मान प्रदान गरेको उल्लेख छ ।

ad
ad