१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैशाख २८ देखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o३:oo

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदै छ। नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ (बिआइटिएम) गर्न लागेको हो।

यसअघि सन् २०१९ मा पहिलोपटक बिआइटिएम भएको थियो। वैशाख २८ गतेदेखि सुरु हुने मार्टमा झन्डै ४० देशका पर्यटनविद्, व्यवसायी तथा टुर अपरेटर सहभागी हुने बिआइटिएमका संस्थापक तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए।

वैशाख ३० गतेसम्म चल्ने कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने उनको भनाइ छ। ‘अहिले विश्वस्तरमा चलेको लन्डनको डब्लुटिएम, जर्मनीको आइटिबी बर्लिनजस्तै नेपालको प्रमुख कार्यक्रमका रूपमा बिआइटिएम लुम्बिनी हुनेछ,’ उनले भने।

लुम्बिनीको होटेल पवनमा आयोजना हुने बिआइटिएममा संघीय सरकारका मन्त्री, पर्यटन सचिव, पर्यटन बोर्डका सिइओ, सातै प्रदेशका पर्यटन व्यवसायी, विभिन्न जिल्लाका युवा पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा पर्यटन अभियन्ताको सहभागिता रहने नाट्टाका महासचिव कुमार थपलियाले जानकारी दिए।